अर्जुन ट्रफीको उपाधि अत्तरियाले उचाल्यो, पायो १० लाख
धनगढी । कैलालीको धनगढीस्थित फाप्ला मैदानमा सम्पन्न अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सिवाइसी अत्तरियाले उचालेको छ ।
सोमबार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै सिवाइसी अत्तरियाले उपाधि हात पारेको हो ।
उपाधिसँगै सिवाइसी अत्तरियाले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ । डडेल्धुराले नगद पाँच लाखमा चित्त बुझाएको छ । सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिग–३ को पनि विजेता हो ।
फाइनलमा अत्तरियाले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा समेटियो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाए । डडेल्धुराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अत्तरियाका साहव आलम र दीपेश कँडेलले तीन–तीन विकेट लिए । कमल गुप्ता र विवेक यादवले दुई–दुई विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो । अत्तरियाका लागि रासिद खानले ३१ रन बनाए । यस्तै, सन्तोष कार्की र शंकर रानाले समान २०–२०, सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ र भीम सार्कीले १० रन बनाए ।
डडेल्धुराका लागि अभिषेक गौतमले चार विकेट लिए । यस्तै अजय चौहान र कुशल भुर्तेलले एक–एक विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए । अत्तरिया प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण