इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
सोमबार, २८ माघ २०८१, २३ : ४६
नुवाकोट । माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोटमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाडौंबाट नुवाकोटतर्फ आउँदै गरेको विद्युतीय माइक्रोबसले जिल्लाको लिखु गाउँपालिका–५ अमिलेबोटेमा मोटरसाइकललाई ठक्कर दिँदा उत्तरगया गाउँपालिका–५ रसुवाका पुरुषोत्तम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गम्भीर घाइते भएका मोटरसाइकलका चालक उत्तरगया–५ का २५ वर्षीय प्रमोद थापा उपचार भइरहेको छ । माइक्रोबसका चालक विदुर नगरपालिका–४ का नारायण बर्देवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण