एभरेस्ट बैंकद्वारा बझाङमा शाखा विस्तार

काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडले बझाङको साईपाल गाउँपालिका वडा नं. १ स्थित धलौनमा नयाँ शाखा विस्तार गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार उक्त शाखाको औपचारिक रूपमा उद्घाटन गरेसँगै सेवा सञ्चालनमा आएको बैंकले जनाएको छ । समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा, बैंक संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग, नेपाल राष्ट्र बैंकका निर्देशक केशव बहादुर के.सी., साईपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेस्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्ज्वल पोख्रेललगायतको समेत उपस्थिति रहेको थियो ।
यो बैंकको १२९औँ शाखा कार्यालय भएको बताइएको छ वित्तीय पहुँच बाट टाढा रहेको साईपाल गाउँपालिकामा बैंकको यो शाखा कार्यालय सञ्चालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा क वर्गको वाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।
उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै देशका सम्पूर्ण पालिकामा बैंक पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपराधिक विश्वासघात गरी ठगी गर्ने पक्राउ, यसरी गरेका थिए ठगी
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?
-
एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?