एभरेस्ट बैंकद्वारा बझाङमा शाखा विस्तार
काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडले बझाङको साईपाल गाउँपालिका वडा नं. १ स्थित धलौनमा नयाँ शाखा विस्तार गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार उक्त शाखाको औपचारिक रूपमा उद्घाटन गरेसँगै सेवा सञ्चालनमा आएको बैंकले जनाएको छ । समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा, बैंक संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग, नेपाल राष्ट्र बैंकका निर्देशक केशव बहादुर के.सी., साईपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेस्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्ज्वल पोख्रेललगायतको समेत उपस्थिति रहेको थियो ।
यो बैंकको १२९औँ शाखा कार्यालय भएको बताइएको छ वित्तीय पहुँच बाट टाढा रहेको साईपाल गाउँपालिकामा बैंकको यो शाखा कार्यालय सञ्चालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा क वर्गको वाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।
उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै देशका सम्पूर्ण पालिकामा बैंक पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण