फेरि दुर्घटनामा परे अजित कुमार
नयाँ दिल्ली । तमिल अभिनेता अजित कुमार दुर्घटनामा परेका छन् । पोर्चुगलमा एउटा मोटर रेसमा उनको मोटर दुर्घटनामा परेको हो । तर, अभिनेतालाई कुनै चोट नलागेको बताइएको छ ।
यस घटनाबारे अजित आफैँले जानकारी दिएका छन् । अजित मोटर स्पोर्ट कार्यक्रममा भाग लिन जाँदै थिए । अभ्यास सत्रको क्रममा, उनको कार रेसिङ ट्र्याकमा दुर्घटनामा पर्यो ।
‘म फेरि राम्रो समय बिताइरहेका छौँ । दुर्घटना सानो थियो । सौभाग्यले कसैलाई केही भएन । म फेरि कार दौड जित्नेछु र आफ्नो गौरव स्थापित गर्नेछु । दुर्घटनाको समयमा साथ दिने साथीहरूलाई म धन्यवाद दिन चाहन्छौँ ।’ एक अन्तरवार्तामा यस घटनालाई उल्लेख गर्दै अजितले भने ।
- गएको महिना पनि भएको थियो दुर्घटना
यस वर्ष अजित दुर्घटनाको सिकार भएको यो दोस्रो पटक हो । जनवरी ८ मा दुबईमा अजित दुर्घटनामा परेका थिए । त्यति बेला पनि उनलाई कुनै चोटपटक लागेको थिएन । उनी २४एच दुबई २०२५ कार रेसिङ प्रतियोगितामा भाग लिन दुबईमा थिए ।
यसक्रममा अभिनेता छ घण्टा लामो अभ्यास सत्रमा थिए । अभ्यास सत्र समाप्त हुनुभन्दा केही मिनेट अगाडि अजितको पोर्स कार ब्यारियरमा नराम्रोसँग ठोक्कियो ।
अजित कुमारको अभ्यास सत्रको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोमा अभिनेताको कारले अचानक नियन्त्रण गुमाएको र ट्र्याकमा घुम्दै गरेको देखिएको थियो । अगाडि बढ्दा गाडी ब्यारियरमा नराम्रोसँग ठोक्किन्छ । त्यसको लगत्तै, अजितलाई कारबाट बाहिर निकालियो ।
फेब्रुअरी ६ मा रिलिज भएको अजित कुमारको फिल्म ‘विदामुयार्ची’ले बक्स अफिसमा धूम मच्चाइरहेको छ । भारतमा फिल्मले चार दिनमा ६२ करोड भारु कमाएको छ । फिल्मले कुल कमाई १२२ करोड भारु पुगेको छ । यति बेला अजित आफ्नो आगामी फिल्म ‘गुड ब्याड अग्ली’को तयारीमा छन् । यो फिल्मलाई अधिक रविचन्द्रनले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण