एडल्ट ड्रामा ‘दु:खी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट
काठमाडौँ । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘दु:खी आत्मा’लाई चलचित्र जाँचपास समितिले ‘पिजी’ सर्टिफिकेट दिएको छ ।
यो फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि सेन्सरले के गर्छ, दृश्य काँटछाँट गर्छ कि गर्दैन भन्ने धेरैलाई कौतुहलता थियो । तर, आज मात्र फिल्मको सेन्सर पास भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामाका अनुसार, यो फिल्मको कुनै पनि दृश्यमा सेन्सर काँटछाँट गरेन । तर, सेन्सरका सदस्यहरूबाट फिल्मको कथावस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिएको निर्माण पक्षले बताएको छ ।
अब, यो फिल्म हेर्नका लागि १६ वर्ष तलका बालबालिकाले बाबु–आमाको साथ लिनुपर्नेछ । निर्देशक लामाले भने–‘हाम्रो फिल्मको कथावस्तु नयाँ छ । बजारमा विभिन्न अड्कलबाजी गरिएता पनि यो फ्यामिली फिल्म हो । यसैले, हरेक वर्गका दर्शकले ढुक्कसँग फिल्म हेर्न सक्नुहुनेछ ।’
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतको अभिनय छ । हिमाल कडरिया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुदिप ढकाल हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ ।
फागुनको २ गते प्रेम दिवसको अवसर पारेर यो फिल्म रिलिजमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण