अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षामा उत्तीर्ण भइन् कविता
काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो संघकी कोषाध्यक्ष कविता श्रेष्ठले अन्तर्राष्ट्रिय रेफ्री बनेकी छन् । उनले अन्तर्राष्ट्रिय रेफ्रीका लागि लिइएको परीक्षा उत्तीर्ण गरेकी हुन् ।
अन्तर्राष्ट्रिय रेफ्रीका लागि उनले भारतको पुणेमा परीक्षा दिएकी थिइन् । त्यसको नतिजा सोमबार आएको र आफू परीक्षामा उत्तीर्ण भएको जानकारी उनले दिइन् ।
अन्तर्राष्ट्रिय रेफ्रीका लागि लिखित परीक्षा, फिजिकल टेष्ट र ह्यान्ड सिग्नल टेष्टको परीक्षा दिनुपर्ने उनले बताइन् । अब उनलाई दक्षिण कोरियास्थित विश्व तेक्वान्दो महासंघ (डब्लूटीएफ)को मुख्यालयले अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्स उपलब्ध गराउने छ ।
कविता २०७१ साल फागुन २७ गतेदेखि राष्ट्रिय रेफ्रीको भूमिकामा सक्रिय थिइन् । ‘करिब १० वर्षको मेहनतपछि अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गर्दा निकै खुसी लागेको छ । यो उपलब्धिका लागि मलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु,’ उनले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण