‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’
सियोल । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई सय वटा लामो दूरीको तोपखाना दिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताएका छन् । उत्तर कोरियाले मस्कोलाई ‘करिब ११ हजार सैनिक, क्षेप्यास्त्र, दुई सय थान लामो दूरीको तोपखाना र ठूलो मात्रामा गोलाबारुद’ दिएको ती अधिकारीले बताएका हुन् ।
‘उत्तर कोरियाले आगामी दिनमा अतिरिक्त सेना, हतियार र गोलाबारुद आपूर्ति गर्न सक्छ,’ नाम न छाप्ने सर्तमा अधिकारीले भने । सियोल, किभ र वासिङ्टनले उत्तर कोरियाले गत वर्ष युक्रेनविरुद्धको युद्धमा क्रेमलिनलाई सहयोग गर्न रुसमा १० हजारभन्दा बढी सैनिक पठाएको बताएका छन् ।
युक्रेनले पहिले नै कुस्र्कमा केही उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको वा मारिएको बताएको थियो । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले कुस्र्क मोर्चामा युक्रेनी सेनाले पक्राउ गरेका भनिएका उत्तर कोरियाली कैदीहरूको सोधपुछको फुटेज पनि सार्वजनिक गरेका छन् ।
मस्को र प्योङयाङ दुवैले यो तैनाथीको पुष्टि गरेका छैनन् । तथापि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष आणविक–सशस्त्र उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले पारस्परिक रक्षा खण्डसहितको सम्झौतामा हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण