ज्ञानेन्द्र शाहीको प्रश्न : बर्दी लगाएका प्रहरीलाई जाँड खाएर कुट्न छुट दिएको हो ?
मङ्गलबार, २९ माघ २०८१, १७ : ३०
काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जाँड खाएर बर्दी लगाएका प्रहरी कुट्नेलाई कारबाही गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले प्रहरी कुट्नेलाई कारबाही गर्न माग गरेका हुन् ।
‘आज यो देशमा ७९ हजार ५०१ जना नेपाल प्रहरी छन् । आज ती प्रहरीको शिर निहुराउने काम यो सरकारले गरेको छ’, उनले भने, ‘प्रहरीको बर्दी लगाएका मानिसहरूलाई जाँड खाएर बाटोबाटोमा कुट्न ओली सरकारले छुट दिएको हो ? यदि हो भने तपाईँहरू एउटा संविधान बनाउनुस् । यस्तो गर्न पाइन्छ भनेर ।’
उनले विधिको शासन यही हो भन्दै एमालेकी लुम्बिनी प्रदेश सांसदले घरेलु कामदारमाथि गरेको ज्याजतिमा सत्ताको निगाहामा उन्मुक्ति दिएको बताए । उनले राज्यको ज्याजति बढेको भन्दै बरु केपी शर्मा ओली सरकारका कार्यकर्तालाई बलात्कार, लुट र छुट पाइन्छ भनेर कानुन बनाउन सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण