लुम्बिनी प्रादेशिक अस्पताल निर्माणबारे मुख्यमन्त्री आचार्यको चासो
मङ्गलबार, २९ माघ २०८१, १९ : ०४

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गरेका छन् । मंगलबार आयोजना स्थलमा पुगेर उनले कामको प्रगतिबारे जानकारी लिँदै प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा प्राथमिकताका राखेको बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले आयोजनाको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले निगरानी बढाएको बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि एक अर्ब ८० करोड बजेट विनियोजन गरेको छ ।
आयोजना स्थलको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक ढंगले अघि बढिरहेको बताए । यही हिसाबले काम अघि बढ्यो भने तीन वर्षभित्र भवन सम्पन्न हुने उनले विश्वास व्यक्त गरे । उनले हालसम्मको कामलाई मूल्याङ्कन गर्दा सन्तोषजनक देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण