लुम्बिनी प्रादेशिक अस्पताल निर्माणबारे मुख्यमन्त्री आचार्यको चासो
मङ्गलबार, २९ माघ २०८१, १९ : ०४
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गरेका छन् । मंगलबार आयोजना स्थलमा पुगेर उनले कामको प्रगतिबारे जानकारी लिँदै प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा प्राथमिकताका राखेको बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले आयोजनाको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले निगरानी बढाएको बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि एक अर्ब ८० करोड बजेट विनियोजन गरेको छ ।
आयोजना स्थलको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक ढंगले अघि बढिरहेको बताए । यही हिसाबले काम अघि बढ्यो भने तीन वर्षभित्र भवन सम्पन्न हुने उनले विश्वास व्यक्त गरे । उनले हालसम्मको कामलाई मूल्याङ्कन गर्दा सन्तोषजनक देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण