जनमुक्ति सेना नेपालका तत्कालीन कमान्डर थापाको निधन
काठमाडौँ । माओवादीको तत्कालीन जनमुक्ति सेना नेपालका कमान्डर रामबाबु थापा ‘सङ्ग्राम’को निधन भएको छ । क्यान्सरबाट पीडित उनको उपचारका क्रममा निधन भएका छन् ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । जनयुद्धका उत्कर्षका वर्षहरूमा पूर्वी नेपालमा आफूले लामो समय उनीसँग सहकार्य गर्ने अवसर प्राप्त पाएको पनि शर्माको स्मरण छ।
‘उहाँ महान् जनयुद्धको एक अथक योद्धा हो । एक साहसी एवं दुर्लभ कमान्डर पनि हो’, शर्माले मङ्गलवार फेसबुकमार्फत भनेका छन्, ‘उहाँ फौजी, प्राविधिक, व्यवहारिक, राजनीतिक ज्ञान र अनुभवहरूले परिपक्व हुनु हुन्थ्यो । नेपालको परिवर्तनको आन्दोलनमा उहाँको अतुलनीय योगदान रहेको छ ।’
शर्माले थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनकी जीवन सङ्गिनी सुजाता लगायत सिङ्गो परिवारजन प्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण