राजनीति
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल
मङ्गलबार, २९ माघ २०८१, २० : ५७
काठमाडौँ । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारका कामकारबाही, अध्यादेश लगायतका विषयमा छलफल भएको बताइएको छ ।
कांग्रेस–एमाले गठबन्धनलाई संयन्त्रले सहजीकरण गर्दै आएको छ । पछिल्ला दिनमा सत्तारुढ दलभित्रै पनि सरकारका कामकारबाहीलाई लिएर आलोचना भइरहेको छ ।
स्रोतका अनुसार सरकारले ल्याएको अध्यादेशलाई कसरी पारित गर्ने भन्ने विषयमा मंगलबारको छलफल केन्द्रित भएको बुझिएको छ । सरकारले ल्याएका ६ वटा अध्यादेशमा राष्ट्रिय सभामा निर्णायक मानिएको जनता समाजवादी पार्टी नेपालले साथ नदिएकाले संसदमा निर्णयार्थ पेस हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण