धनगढीमा शिक्षाविद् पन्तलाई नागरिक अभिनन्दन
धनगढी । शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै शिक्षाविद् डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिएको छ ।
धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहन गरी पार्कमोडमा आयोजित एक कार्यक्रमका बिच अभिनन्दन गरिएको हो ।
नगरप्रमुख गोपाल हमालले माला, खादा र सम्मानपत्रसहित पन्तलाई अभिनन्दन गरेका थिए । धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गराएर शिक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पन्तलाई नागरिक अभिनन्दन गरिएको हो ।
पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली वाणिज्य क्याम्पसमा पढाउन थालेका थिए । पन्तले मासिक एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाएका थिए ।
१४५ विद्यार्थीबाट सुरु गरिएको कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखियो । भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए । प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदमा रहेर काम गरे ।
डोटीको शिखर नगरपालिका–९ उच्चाकोट (सिद्धेश्वर गाउँ पञ्चायत) मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका हुन् ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले शिक्षा विद् हमालले २०३७ सालदेखि हालसम्म धनगढीमा कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको बताए ।
नगरप्रमुख हमालले भने, ‘कैलाली बहुमुखी क्याम्पस थिएन । कैलाली व्यवस्थापन क्याम्पस थियो । पछि मात्र कैलाली बहुमुखी क्याम्पस नाम राखिएको हो । सुरुमा भौतिक संरचनाहरू पनि थिएन । विस्तारै संरचनाहरू तयार भए । अहिलेको अवस्थामा ल्याउन उहाँको भूमिका महत्त्वपूर्ण छ । त्यसैले उहाँलाई हामी नागरिक अभिनन्दन गरेका हौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण