शुभमन गिलले तोडे हासिम अमलाको कीर्तिमान
काठमाडौँ । भारतका युवा ब्याट्सम्यान शुभमन गिलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो दुई हजार पाँच सय रन बनाउने कीर्तिमान आफ्नो नाममा पारेका छन् ।
घरेलु मैदानमा खेलिएको इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले यस्तो उपलब्धि हासिल गरेका हुन् । उनले केवल ५० पालीमा दुई हजार पाँच सय रन पुरा गरेका हुन् ।
यसअघि, यो कीर्तिमान दक्षिण अफ्रिकाका ब्याट्सम्यान हासिम अमलाको नाममा रहेको थियो । अमलाले ५१ पालीमा दुई हजार पाँच सय रन बनाएका थिए । अब यो कीर्तिमान गिलको नाममा गएको छ ।
सबैभन्दा छिटो दुई हजार पाँच सय रन बनाउने ब्याट्सम्यानको सूचिमा पाकिस्तानका इमाम उल हक तेस्रो स्थानमा छन् । उनले ५२ पालीमा दुई हजार पाँच सय रन पुरा गरेका थिए ।
यसैगरी, यो सूचिमा चौथो स्थानमा रहेका वेस्ट इन्डिजका पूर्वखेलाडी भिभियन रिचर्डसले ५६ पालीमा दुई हजार पाँच सय रन बनाएका थिए । इङ्ल्यान्डका जोनाथन ट्रटले पनि ५६ पालीमै यो उपलब्धि हासिल गरेका थिए ।
अहमादावादमा जारी इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीयमा २५ ओभरको खेल सकिँदासम्म भारतले दुई विकेट गुमाएर एक सय ६१ रन बनाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतका लागि ओपनर ब्याट्सम्यान गिल अविजित ८५ रन बनाउँदै क्रिजमा छन् ।
चौथो नम्बरमा क्रिज समाल्न आएका श्रेयष ऐयर अविजित १५ रन बनाउँदै क्रिजमा छन् । कप्तान रोहित शर्मा भने एक रनमै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विराट कोहली भने अर्धशतक बनाउँदै आउट भए ।
कोहलीले ५५ बलमा एक छक्का र सात चौकाको मद्दतले ५२ रन बनाए । तीन खेलको एकदिवसीय शृंखला भने भारतले यसअघि नै जितिसकेको छ । भारतीय टोली पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा पनि चार विकेटले नै विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण