लोसपाले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने
काठमाडौँ । सत्ताधारी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले बुधबार एक विज्ञप्ति जारी गरी भूमिसम्बन्धी अध्यादेशलाई यथास्थितिमा स्वीकार नगर्ने जानकारी गराएका हुन् ।
लोसपा नेपालबाट संघीय सरकारमा सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रममन्त्री छन् भने मधेस प्रदेशमा पार्टीका प्रदेश सांसद रानी शर्मा शिक्षा मन्त्री छन् । तर लोसपा नेपालले सरकारलाई अध्यादेशमा समर्थन नगर्ने निर्णय गरेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले यसअघि नै भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरिसकेको छ । राष्ट्रिय सभामा जसपा नेपालको तीन जना सांसद छन् भने लोसपाको एक जना सांसद रहेका छन् ।
लोसपाले भूमिसम्बन्धी अध्यादेशप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस अध्यादेशको अन्तर्यको अध्ययन गर्दा समग्रमा अत्यन्त गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, रानाथारु लगायतका पूर्णरुपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट वञ्चित राखिने तथा यो अध्यादेशले वन– फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढवा दिने हाम्रो ठहर छ । समग्रमा यो अध्यादेश जनताको हित विपरीत भएको हाम्रो स्पष्ट धारणा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण