अर्थमन्त्रीले गरे सहसचिवको कार्य विभाजन, भन्सारमा भट्टराई, राजश्वमा दाहाल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय अन्तर्गत सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम मन्त्रालयमा आएका सहसचिव सहित जिम्मेवारी बाँडफाँट गरेका हुन् ।
यसअनुसार भन्सार विभागको महानिर्देशकका महेश भट्टराईले जिम्मेवारी पाएका छन् । उनी यसअघि मन्त्रालयको प्रवक्ता तथा योजना अनुगमन एवं मूल्यांकन महाशाखाका प्रमुख थिए ।
त्यस्तै, मदन दाहाल आन्तरिक राजश्व विभागमा सरुवा भएपछि रिक्त प्रशासन महाशाखामा थानप्रसाद पंज्ञानीलाई पठाइएको छ । उनी यसअघि वित्तीय सङ्घीयता समन्वय महाशाखामा थिए ।
त्यस्तै, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख शोभाकान्त पौडेललाई आर्थिक नीति विश्लेषण महाशाखामा तानिएको छ । यसअघि आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख रहेका महेश आचार्यलाई सार्वजनिक वित्त व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।
मकवानपुरका सीडीओबाट मन्त्रालयमा तानिएको तीर्थराज चिलुवाललाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ । उता पार्वती अर्याललाई भन्सार जाँचपास पछीको परीक्षण कार्यालय प्रमुख भन्सार परीक्षण प्रशासक बनाइएको छ ।
यसअघि त्रिभुवन विमानस्थलको प्रमुख भन्सार प्रशासक रहेको महेश बराललाई वित्तीय सङ्घीयता समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ । भन्सार विभागकी उपमहानिर्देशक यमुना प्रधानलाई महालेखा नियन्त्रण कार्यालयको सहमहालेखा नियन्त्रक बनाइएको छ ।
त्यस्तै, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक गोपी कृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख बनाइएको छ । उता सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख अमृत लम्साललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण