एमालेनिकट कर्मचारीको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
काठमाडौँ । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनकाे १२ औँ महाधिवेशन जारी छ। बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ।
नेतृत्वका लागि हालका उपाध्यक्षहरू रेमन्त गौतम र भवानी दाहाल न्याैपानेकाे टिमबिच प्रतिस्पर्धा हुनेछ। दुवै पक्षले आफ्नो अडान कायम राखेका छन्।
महाधिवेशन प्रतिनिधिहरूबिच समेत निर्वाचन मार्फत नयाँ नेतृत्व चयन हुनुपर्ने आवाज उठिरहेको छ। जसले गर्दा समेत दुवै पक्ष चुनावी प्रतिस्पर्धामा उत्रिने देखिएका हुन्।
सूर्य थापाको निर्वाचन क्षेत्रका गौतमको लाइन बलियो देखिएको मानिन्छ भने न्याैपानेकाे पक्षले समेत पहिलो पटक महिलाले नेतृत्व गर्न पाउने बताउँदै आएको छ।आज दिनभर नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ। नेपालगन्जमा भएको १० औँ महाधिवेशनबाट महासचिव पदमा सर्वाधिक मत लिएर विजयी भएका गौतम ११ औँ महाधिवेशनबाट उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण