समस्याको पोको अघि सारेर आन्दोलन गर्दै एकीकृत समाजवादी
काठमाडौँ । आन्दोलनद्वारा पार्टी निर्माणको प्रस्ताव अघि सारेको नेकपा (एकीकृत समाजवादी) ले महँगी, भ्रष्टाचार, कुशासन लगायतका विभिन्न समस्याहरूलाई आन्दोलनका मुख्य एजेन्डा बनाउने भएको छ ।
आगामी साता (फागुन ८ र ९) गते बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम पारित गरेर सडकमा होमिने तयारी भएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । नेता ज्वालाका अनुसार केन्द्रीय कमिटी बैठकले सैद्धान्तिक रूपमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ भन्ने कार्य योजना पारित गरेपछि आन्दोलनका कार्यक्रम अघि बढ्नेछन् ।
‘भ्रष्टाचार बढेको छ, विभिन्न वर्ग समुदायका मिटरव्याजी, सहकारी समस्या, महँगी बढेको छ, उखु किसानका समस्या छन्, सुशासन कायम हुन सकेको छैन यिनै विषयलाई समेटेर आन्दोलनका कार्यक्रम तय गर्छौँ ’, ज्वालाले भने, ‘संविधान संशोधनका मुद्दालाई समेत एजेन्डा बनाउँछौ ।’
केन्द्रीय कमिटी बैठक लगत्तै एक महिनाभित्र तल्ला कमिटीहरूमार्फत सुझाव सङ्कलन गर्ने र तिनै सुझावका आधारमा आन्दोलनको मिति र कार्यक्रमको मोडालिटीलाई अन्तिम रूप दिने तयारी भएको नेता ज्वालाले जानकारी दिए ।
‘केन्द्रीय कमिटी बैठकले पारित गर्ने दस्तावेजमै आन्दोलनका एजेन्डा र मोडालिटी र स्टेपहरु समेटिन्छन्’, ज्वालाको भनाइ छ । नेकपा एकीकृत समाजवादीले यसअघि महासचिव घनश्याम भुसालको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण