प्रतिफल देखिने गरी काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन
बिहीबार, ०१ फागुन २०८१, २० : २३
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल आउनुपर्ने बताएका छन् ।
मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले लगानीको प्रतिफल विना उपलब्धि नदेखिने भएकाले यसलाई आधार मानेर कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
“हामीसँग विज्ञहरूको खाँचो छैन । लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालयसँग छ । तथापि नतिजा आउन सकिरहेको छैन । चार्टले प्रगति देखाउन सकिरहेको छैन,” अधिकारीले भने ।
कानुनी अवरोध हटाउँदै नतिजामुखी कार्य गर्न आफूले सहजीकरण गर्ने भन्दै मन्त्री अधिकारीले अझै बढी क्रियाशीलताले मात्र कृषि क्षेत्रमा लिएका लक्ष्य पुरा हुने भएकाले यसतर्फ लाग्न कर्मचारीहरूलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण