मणिपुरमा राष्ट्रपति शासन लागू
बिहीबार, ०१ फागुन २०८१, २० : ३७

मणिपुर । मणिपुरमा राष्ट्रपति शासन लागू गरिएको भारतको केन्द्रीय गृह मन्त्रालयले सूचना जारी गरेको छ। यसअघि मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले आइतबार आफ्नो पदबाट राजीनामा दिएका थिए।
बिरेन सिंहको राजीनामापछि मणिपुरमा राष्ट्रपति शासन लागू हुन सक्ने चर्चा चलेको थियो। मणिपुरले लामो समयदेखि जातीय हिंसाको सामना गरिरहेको छ, यद्यपि त्यहाँ केही समयदेखि शान्ति छाएको छ।
मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहमाथि राज्यमा भइरहेको हिंसा नियन्त्रण गर्न असफल भएको आरोप लागेको थियो। मणिपुरका १९ जना भाजपा विधायकले मुख्यमन्त्री एन बिरेन सिंहलाई हटाउन माग गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र नै पठाएका थिए। पत्रमा हस्ताक्षर गर्नेहरूमा विधानसभा अध्यक्ष थोक्चोम सत्यव्रत सिंह, मन्त्रीहरू थोङ्गम विश्वजित सिंह र युम्नाम खेमचन्द सिंह थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची