मणिपुरमा राष्ट्रपति शासन लागू
बिहीबार, ०१ फागुन २०८१, २० : ३७
मणिपुर । मणिपुरमा राष्ट्रपति शासन लागू गरिएको भारतको केन्द्रीय गृह मन्त्रालयले सूचना जारी गरेको छ। यसअघि मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले आइतबार आफ्नो पदबाट राजीनामा दिएका थिए।
बिरेन सिंहको राजीनामापछि मणिपुरमा राष्ट्रपति शासन लागू हुन सक्ने चर्चा चलेको थियो। मणिपुरले लामो समयदेखि जातीय हिंसाको सामना गरिरहेको छ, यद्यपि त्यहाँ केही समयदेखि शान्ति छाएको छ।
मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहमाथि राज्यमा भइरहेको हिंसा नियन्त्रण गर्न असफल भएको आरोप लागेको थियो। मणिपुरका १९ जना भाजपा विधायकले मुख्यमन्त्री एन बिरेन सिंहलाई हटाउन माग गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र नै पठाएका थिए। पत्रमा हस्ताक्षर गर्नेहरूमा विधानसभा अध्यक्ष थोक्चोम सत्यव्रत सिंह, मन्त्रीहरू थोङ्गम विश्वजित सिंह र युम्नाम खेमचन्द सिंह थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण