पिकनकिमा महिलाले खिचिन् छोराको फोटो, घर आएर फोटो हेरेदेखि निन्द्रा गायब
डेली मेल
इंगल्याण्ड नजिकैको नर्थम्बरल्याण्डमा एक महिला केही दिन यता सुत्नै नसकेको दाबी गरिरहेकी छिन् । आफ्नो छोराको पछाडि भूतजस्तै देखिने अपरिचित बालकको अनुहार र छोराको काँधमा उनको हात देखेदेखि उनी डराएकी छिन् ।
लाउराले गत सोमबार नर्थम्बरल्याण्डस्थित प्लेसी वुड्स कन्ट्री पार्कमा परिवारसँग पिकनिक गएका बेला खिचेका थुप्रै तस्बिरमध्ये एउटा तस्बिर भिन्न भेटियो ।
१५ वर्षीया लाउराकी छोरी चार्लोट र १६ वर्षे ज्याक ठूलो रुखमा चढे भने ९ वर्षीय उनका छोरा बाइरिन वाट्सन रुखमुनी अडेस लगाएर फोटो खिचाए ।
मेडिकल रिसेप्सनिष्ट लाउराले ती फोटो घर आएर हेर्दा बाइरिनको पछाडि अर्को बालकको फोटो देखेपछि उनी तर्सिएकी हुन् । त्यहाँ उनीहरुबाहेक अन्य कोही व्यक्ति नभएको उनको दाबी छ ।
भूतबारे पहिले विश्वास नगर्ने उनलाई उक्त फोटोले भूतप्रति विश्वास जगाएको उनले बताएकी छिन् ।
उनले उक्त ठाउँमा पुनः जाने सोच बनाएको जानकारी दिँदै आफ्नो भूतप्रति रुची बढेको उनले बताइन् । उनी भन्छिन्, ‘हामीलाई ती बालकले घरसम्म नपछ्याओस् भन्ने आशा छ ।’
न्यूक्यासलकी लाउरा भन्छिन्, ‘यो निकै असाधारण हो र यसले सबैलाई त्रसित बनाएको छ । म र मेरी छोरी हिजो राती सुत्नै सकेनौं । हामी निकै डराएका थियौं ।’
‘मेरो श्रीमानको नाइट ड्युटी परेको छ । म घरमा एक्लो छु । उनले हामीलाई पछ्याएका छन् कि भन्ने डर गढेको छ ।’
‘फेसबुकका मेरा साथीले हाम्रो निम्ती प्रर्थना गरिरहेका छन् ।’
‘मैले यस्ता कुरालाई पहिले वाहियात भन्थें । मैले आफैंले देखेपछि मात्र विश्वास भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण