‘भाइरल गोर्खे’ नयाँ वर्षको जेठमा प्रदर्शनमा आउने
काठमाडौँ । निगम श्रेष्ठ निर्देशित फिल्म ‘भाइरल गोर्खे’ नयाँ वर्षको जेठ ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । शुक्रवार भ्यालेन्टाइन डेको अवसर पारेर निर्माण युनिटले फिल्मको पोस्टरहरू सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक दुई पोस्टर मध्ये एकमा अभिनेता सौगात मल्ललाई भाइरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्थामा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा भने उनको सामाजिक सञ्जालमा लाइभ अनि अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा समेत देखिएका छन् । फिल्मले पछिल्लो समय नेपालमा विकृतिको रूपमा मौलाउँदै गरेको भाइरल प्रवृत्तिलाई व्यङ्ग्य गरेको बुझ्न सकिन्छ ।
‘नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ,’ निर्देशक श्रेष्ठले भने, ‘यसमै हाम्रो फिल्म बनेको छ ।’ द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय छ ।
विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको फिल्मका सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् । अमर महर्जनको छायाङ्कन रहेको फिल्म लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण