भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’ घोषणा
काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’ को घोषणा गरिएको छ । कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म राजेन्द्र बस्नेतले निर्देशन गर्न लागेका हुन् ।
बालकुमार राई र श्याम मगर निर्माता रहेको फिल्मको पोस्टर शुक्रबार सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा पहाडी क्षेत्रमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियालाई प्रस्तुत गरिएको छ । पोस्टर हेर्दा फिल्मले ग्रामीण जीवनलाई देखाउने बुझ्न सकिन्छ ।
निर्देशक राजेन्द्र बस्नेतले ग्रामीण भेगमा बस्ने भुइँ मान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिने बताए । ‘हाम्रो पात्र भरिया हुन्छ । उसले गाउँभरीका सबै मान्छेहरुलाई रिजाएर भारी बोकेर सबैको मनमा बसेर उसको जीविकोपार्जन गर्ने काम गर्छ’, बस्नेतले भने ।
फिल्ममा डम्बरबहादुर राईको छायाङ्कन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवनाथ गौतमको गीत हुनेछ । धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा छायाङ्कन हुने फिल्मका लागि कलाकार छनोटको काम सुरु गरिएको निर्माण पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण