भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’ घोषणा

काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’ को घोषणा गरिएको छ । कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म राजेन्द्र बस्नेतले निर्देशन गर्न लागेका हुन् ।
बालकुमार राई र श्याम मगर निर्माता रहेको फिल्मको पोस्टर शुक्रबार सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा पहाडी क्षेत्रमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियालाई प्रस्तुत गरिएको छ । पोस्टर हेर्दा फिल्मले ग्रामीण जीवनलाई देखाउने बुझ्न सकिन्छ ।
निर्देशक राजेन्द्र बस्नेतले ग्रामीण भेगमा बस्ने भुइँ मान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिने बताए । ‘हाम्रो पात्र भरिया हुन्छ । उसले गाउँभरीका सबै मान्छेहरुलाई रिजाएर भारी बोकेर सबैको मनमा बसेर उसको जीविकोपार्जन गर्ने काम गर्छ’, बस्नेतले भने ।
फिल्ममा डम्बरबहादुर राईको छायाङ्कन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवनाथ गौतमको गीत हुनेछ । धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा छायाङ्कन हुने फिल्मका लागि कलाकार छनोटको काम सुरु गरिएको निर्माण पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा