फेवाताल किनारमा कोटीहोम रोक्न माग गर्दै उच्च अदालतमा रिट
पोखरा । फेवाताल किनारमा हुने भनिएको कोटीहोम विराट ज्ञानमहायज्ञ रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट निवेदन दायर भएको छ । कोटीहोममा अवरोध नगर्न उच्चले अन्तरिम आदेश दिएको भोलिपल्टै फेवाताल किनारमा महायज्ञ रोक्न मागसहित रिट परेको हो ।
अधिवक्ता भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले फेवातालको सीमसार क्षेत्रमा कोटीहोम गर्न नहुने माग गरेका छन् । महायज्ञ गर्ने भनिएको ठाउँ तालको ६५ मिटर मापदण्डभित्र पर्छ । रिटमा वर, पीपल, शमी जातका चौतारीका रुख कटान गर्नेविरुद्ध कानुनी कारबाहीको माग समेत गरिएको छ ।
यस्तै, पर्यावरणीय संरक्षण, जैविक विविधताको रक्षा र कानुनी शासनको पालना अनिवार्य हुनुपर्ने माग गरिएको अधिवक्ताहरूले जानकारी दिएका छन् । रिटमा आइतबार पेसी तोकिएको छ ।
रिटमा महायज्ञ आयोजक मानव सेवा फाउण्डेसन, पोखरा महानगरपालिका, पोखरा ६ नम्बर वडा कार्यालय, १३ नम्बर वडा कार्यालय, १४ नम्बर वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल ट्रष्टको कार्यालय र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयसहित १० जनालाई विपक्षी बनाइएको छ ।
सर्वोच्च अदालतको २०७५ वैशाख १६ को परमादेशअनुसार तालको ६५ मिटर मापदण्डभित्र कुनै पनि संरचना निर्माण गर्न नपाइने तथा भएका संरचनाहरू हटाउनुपर्ने उल्लेख छ । तर, मानव सेवा फाउन्डेसनले सोही क्षेत्रभित्र कोटीहोम आयोजना गर्न लागेको हो । पोखरा महानगरपालिकाले सो क्षेत्रमा महायज्ञ सञ्चालन नगर्ने निर्णय गरिसकेको छ ।
फाउण्डेशनले पोखरामा आगामी चैत १७ देखि २०८२ जेठ २६ गतेसम्म पोखराको फेवाताल किनार वाराहीघाट र क्याम्पिङ चौरमा ‘श्री गण्डकी शत् (सय) कुण्डीय गायत्री कोटीहोम विराट ज्ञानमहायज्ञ’ सञ्चालन तयारी गरेको छ । त्यसका लागि नेपाल ट्रष्टको स्वामित्व रहेको वाराहीघाटको करिब ४८ रोपनी जग्गा भाडामा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण