उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक
संविधान संशोधन गर्न कार्यदल, अध्यादेशको टुंगो शनिबार लाग्ने
शुक्रबार, ०२ फागुन २०८१, २२ : २९

काठमाडौँ । सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले शनिवार सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको छ । शुक्रवार बसेको संयन्त्रको बैठकले शनिवार ११ बजे सत्ता पक्षीय सबै दलको बैठक बस्ने निर्णय गरेको हो ।
सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्न बैठक बोलाइएको नेताहरूको भनाइ छ । सत्ता पक्षीय बैठकमा टीआरसीका विषयमा पनि छलफल गर्ने सत्तापक्षको तयारी रहेको छ । त्यस्तै कार्यदल बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय पनि गरेको छ ।
‘हामी सबैसँग छलफल, संवाद र सहमति गर्छौ, अध्यादेशका विषयवस्तु राम्रा छन् । यसमा प्रतिपक्ष पनि सहमत हुन्छ भन्ने विश्वास छ’ गृहमन्त्रीसमेत रहेका संयन्त्रका सदस्य रमेश लेखकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही
-
टर्कीमा गयो भूकम्प, सात जना घाइते
-
कलाकार गौतमलाई कलाकर्मीले दिए अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)
-
आईसीसी विश्वकपमा पाकिस्तानको सबै खेल श्रीलङ्कामा
-
सांसदको प्रश्न– यातायात व्यवसायीसँग तत्कालीन सहमति भएको हो कि दीर्घकालीन ?
-
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण