समाचार
बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री बर्न अस्पतालमा भर्ना
शनिबार, ०३ फागुन २०८१, १४ : ४८

काठमाडौँ । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
अर्थमन्त्रीको सचिवालयका अनुसार पौडेलको हात र अनुहारमा चोट लागेको छ । उनलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ ।
प्रेस सल्लाहकार भुवन केसीले भने, ‘चोट सामान्य छ । तर, थप केही असर नपुगोस् भनेर एक पटक जाँच गराउन अस्पताल लगिएको हो ।’
यसअघि पौडेलको गण्डकी अस्पतालमा उपचार गरिएको थियो । भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुक पड्किँदा पोखरा महानगरपालिका मेयर धनराज आचार्य पनि घाइते भएका छन् । उनलाई पनि काठमाडौँ ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ वर्षपछि घरेलु मैदानमा पाँचपटकको च्याम्पियन चेन्नईलाई हराउने धुनमा साबिक विजेता कोलकाता
-
आन्दोलनको स्वरूप फेर्ने तयारीमा एकीकृत समाजवादी
-
भाषाले कानुन पाएको छ, अब न्याय पाउनु छ
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित