समाचार
बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री बर्न अस्पतालमा भर्ना
शनिबार, ०३ फागुन २०८१, १४ : ४८
काठमाडौँ । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
अर्थमन्त्रीको सचिवालयका अनुसार पौडेलको हात र अनुहारमा चोट लागेको छ । उनलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ ।
प्रेस सल्लाहकार भुवन केसीले भने, ‘चोट सामान्य छ । तर, थप केही असर नपुगोस् भनेर एक पटक जाँच गराउन अस्पताल लगिएको हो ।’
यसअघि पौडेलको गण्डकी अस्पतालमा उपचार गरिएको थियो । भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुक पड्किँदा पोखरा महानगरपालिका मेयर धनराज आचार्य पनि घाइते भएका छन् । उनलाई पनि काठमाडौँ ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण