ग्वार्को फ्लाइओभर चैतभित्रै सञ्चालनमा ल्याउने सरकारको दाबी
काठमाडौँ । ललितपुरको ग्वार्को निर्माणाधी फ्लाइओभरको काम ८२ प्रतिशत सकिएको छ । यसको शतप्रतिशत काम सम्पन्न गरी चैत मसान्तभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको भौतिक पूर्वाधार यातायात मन्त्री देवेन्द्र दाहालले जानकारी दिए ।
‘यो खालको फ्लाइओभर नेपालमा पहिलो प्राक्टिस रहेछ । ईपीसी मोडल भनेको निर्माण व्यवसायी आफैले डिजाइन गर्ने, आफैले बनाउने, निर्माण सामग्री खरिद गर्ने भएकाले यो निर्माणमा प्राविधिक समस्या देखियो,’ मन्त्री दाहालले शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा भने, ‘प्राविधिक समस्या आएकाले चैतमै सम्पन्न गर्न तीव्र ढंगले लागेका छौँ ।’
सचिव केशवकुमार शर्माले पनि चैत मसान्तभित्र यसलाई सञ्चालनमा ल्याइने बताए । ‘ग्वार्को ओभरपास नै नयाँ हो । त्यसको विधि नै नयाँ हो । केही प्राविधिक समस्याका कारण निर्माणमा ढिलाइ भएको छ,’ उनले भने, ‘अहिले निर्माण कार्य अघि बढिसकेको छ । चैत मसान्ततिर नै सञ्चालनमा ल्याउँछौँ ।’
सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को फ्लाइओभर निर्माणका लागि १७ करोड ६ लाख ८८ हजार ८८८.०१ रुपैयाँ कुल लागतमा आशीष–समानान्तर–रेलिगेर जेभीले ठेक्का सम्झौता गरेको थियो ।
२०७८ फागुन १२ गते सुरु भएको ठेक्का सम्झौताअनुसार २०८० फागुन ११ (२ वर्ष) को अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने हो । तर, सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०८१ पुस ८ गतेसम्म म्याद थप गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण