अबको चुनावमा एमाले पहिलो दल बन्ने मन्त्री दाहालको दाबी
भक्तपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा एमाले पहिलो दल बन्ने दाबी गरेका छन्।
नेकपा एमाले झापा–काठमाडौँ सम्पर्क मञ्चले शनिबार भक्तपुरको लिखानारायणमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री दाहालले एमालेलाई पहिलो शक्ति बनाउन कार्यकर्ताहरुलाई आग्रहसमेत गरे । एमालेको बहुतप्राप्त सरकार भए मात्र देशको समृद्धि यात्रा सहज हुने उनको भनाइ थियो।
राजनीतिक वातावरण खल्बल्याउन खोज्नेहरूबाट होसियार हुन पनि आवश्यक रहेको उनले बताए। ‘देशमा स्थिरता आउने भयो भनेर अत्तालिएकाहरूले राजनीतिक वातावरण खल्बल्याउन खोज्लान्’, मन्त्री दाहालले भने, ‘तर त्यस्तालाई जनताले चिनिसकेका छन् अब पनि देशमा कसैले अस्थिरता निम्त्याउन खोज्छ भने त्यो सम्भव हुन सक्दैन।’
एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका दाहालले अहिलेको बलियो र स्थिर सरकारले अस्थिरतालाई अन्त्य गर्दै देशलाई समृद्धितर्फ लगिरहेको त्यहाँ दाबी पनि गरे ।
कार्यक्रममा एमाले सचेतक सुनिता बराल, संघीय सांसद लालप्रसाद साँवा, एमालेका अन्य नेता कार्यकता लगायतको उपस्थिति थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण