ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियाल मड्रिड र दोस्रो स्थानको एटलेटिको मड्रिड दुबैलाई ठक्कर लागेको छ । शनिबार राती रियाललाई १-१ को बराबरीमा रोक्दै ओसासुनाले अंक खोस्यो ।
रियाललाई केलियन एम्बाप्पेले १५ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, पहिलो हाफअघि ३९ औं मिनेटमा जुड बेलिङ्गहमले रातो कार्ड पाएपछि १० जनामा खुम्चिएको रियाल दबाबमा आयो ।
५८ औं मिनेटमा ओसासुनाका अन्टे बुदिमिरले गोल फर्काए । त्यसपछि भने दुबै टोलीबाट गोल हुन सकेन । यस्तै, ला लिगा मै लेगानेस र डेपोर्टिभो अलाभेसले ३-३ को संघर्षपूर्ण बराबरी गर्दै अंक बाँड्दा दोस्रो स्थानको एटलेटिको मड्रिड समेत अंक बाँड्न बाध्य भएको छ ।
पाहुुना टोली सेल्टा भिगोले १-१ को बराबरीमा रोक्दै एटलेटिकोसँग अंक खोूुेसेको हो । यो सँगै ला लिगामा शीर्ष स्थानको रियाल मड्रिडको ५१ अंक हुँदा दोस्रो स्थानको एटलेटिकोको ५० अंक भएको छ भने एक खेल (२३) कम खेलेको बार्सिलोनाको ४८ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण