भागदौडको घटनामा मृत्यु हुनेका परिवारलाई १० लाख क्षतिपूर्ति
आइतबार, ०४ फागुन २०८१, १० : २१
नयाँ दिल्ली । नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडको घटनापछि भारत सरकारले मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
रेलवेले क्षतिपूर्ति घोषणा गरेको हो । रेलवेका अनुसार मृतकका परिवारलाई जनही १० लाख र घाइतेको उपचारका लागि साढे २ लाख दिइनेछ ।
शनिबार राति भएको घटनामा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको आइतबार बिहान दिल्ली प्रहरीले बताएको हो ।
घाइतेहरूको लोकनायक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुरेश कुमारका अनुसार यतिबेला अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । सबैजना खतरामुक्त रहेको बताइएको छ ।
अस्पतालमा ल्याइएको १५ शवको पोस्टमार्टम सोमबार गरिने अर्का डाक्टरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण