आईसीसी च्याम्पियन्स ट्रफीको पुरस्कार राशिभन्दा बढी पारिश्रमिक पाउने आईपीएल खेलाडीहरू
काठमाडौँ । आठ वर्षपछि च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । च्याम्पियन्स ट्रफीको दुई संस्करणबिच यो सबैभन्दा लामो अन्तर हो । प्रतियोगिताको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी च्याम्पियन्स ट्रफीको पुरस्कार रकम पनि घोषणा गरिसकेको छ । च्याम्पियन्स ट्रफीको विजेता टोलीले करिब ३१ करोड नेपाली रुपैयाँ नगद पुरस्कार पाउने छ । यसैगरी, उपविजेता टोलीले करिब १५ करोड ५५ लाख नेपाली रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । च्याम्पियन्स ट्रफीको अघिल्लो संस्करणको तुलनामा आईसीसीले पुरस्कार राशीमा ५३ प्रतिशतले बृद्धि गरेको हो ।
तर, चर्चित फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा केही यस्ता खेलाडी पनि छन्, जसले च्याम्पियन्स ट्रफीको विजेता टोलीले पाउनेभन्दा पनि बढी पारिश्रमिक प्राप्त गर्छन् । आईपीएलको आगामी संस्करण खेल्ने ६ जना खेलाडीको पारिश्रमिक च्याम्पियन्स ट्रफीको विजेता टोलीले पाउने पुरस्कार राशीभन्दा पनि बढी रहेको छ ।
आईपीएलको आगामी संस्करण खेलेवापत भारतीय खेलाडी ऋषभ पन्तले करिब ४३ करोड २० लाख नेपाली रुपैयाँ पारिश्रमिक पाउँछन् । लखनउ सुपर जायन्ट्सले ऋषभलाई मेगा अक्सनमा यो रकमा खरिद गरेको हो । ऋषभ आईपीएलको इतिहासमै सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी पनि हुन् । अर्को आईपीएल क्लब पञ्जाब किङ्सले भारतीय खेलाडी श्रेयस ऐयरलाई ४२ करोड ८० लाख नेपाली रुपैयाँ पारिश्रमिक उपलब्ध गराएको छ ।
यसैगरी, कोलकाता नाइट राइडर्सले भारतीय खेलाडी वेंकटेश ऐयरलाई ३८ करोड नेपाली रुपैयाँमा खरिद गरेको थियो । च्याम्पियन्स ट्रफीमा पहिलो हुने टोलीले भन्दा बढी पारिश्रमिक पाउने अर्का आईपीएल खेलाडी दक्षिण अफ्रिकाका हेनरिक क्लासेन हुन् ।
हेनरिक क्लासेनलाई आगामी आईपीएल खेलेवापत सनराइजर्स हैदराबादले ३६ करोड ८० लाख नेपाली रुपैयाँ पारिश्रमिक उपलब्ध गराएको छ । रोयल च्यालेन्जर्स बेंगलुरुले प्रभावशाली खेलाडी विराट कोहलीलाई ३३ करोड ६० लाख रुपैयाँमा क्लबमा अनुबन्ध गरेको छ ।
यसैगरी, च्याम्पियन्स ट्रफीको विजेताले पाउने पुरस्कार राशीभन्दा बढी पारिश्रमिक पाउने अर्का आईपीएल खेलाडी वेस्ट इन्डिजका निकोलस पुरन हुन् । निकोलस पुरनलाई आईपीएल खेल्न लखनउ सुपर जायन्ट्सले ३३ करोड ६० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण