सनम तेरी कशम २ मा दोहोरिएलिन् मावरा हुसैन ?
नयाँ दिल्ली । दोहोर्याएर रिलिज भएपछि २०१६ को फिल्म ‘सनम तेरी कसम’ बक्स अफिसमा निकै राम्रो कमाई गरिरहेको छ । पहिलो पटक रिलिज हुँदा बक्स अफिसमा फिल्म नराम्ररी असफल भएको थियो । तर, आफ्नो दोस्रो इनिङमा फिल्मले इतिहास रचेको छ । पहिले नै फिल्मको सिक्वेलको घोषणा भइसकेको छ । सिक्वेलमा हर्षवर्धन राणे देखिनेछन् । तर, मुख्य अभिनेत्रीको रूपमा देखा पाकिस्तानी अभिनेत्री मावरा हुसेन देखिएलिन् ?
‘सनम तेरी कसम’का लागि लगभग दुई सय पच्चीस केटीहरू अस्वीकृत भएपछि मावरा छानिएकी थिइन् । फिल्मको सक्वेलमा दर्शकले मावरालाई हेर्न चाहेका छन् । अभिनेत्रीले हालै सनम तेरी कसम २ मा फर्कने सम्भावनाबारे प्रतिक्रिया दिएकी थिइन् । आफ्ना लागि सिक्वेलको हिस्सा बन्न सम्भव भए, पक्कै पनि बन्ने तर यस्तो सम्भव भएन भने पनि आफूलाई नराम्रो नलाग्ने ‘कनेक्ट सिने’ सँगको अन्तरवार्तामा मावराले भनेकी थिइन् ।
पुनः रिलिज हुँदा फिल्मले ओरिजिनल रिलिजभन्दा दोब्बर कमाएको छ । फिल्मले दर्शकाट पाएको माया देखेर रफिल्मका स्टारहरू र निर्माता–निर्देशक सबै निकै खुसी छन् । फिल्मको सफलताको हकदार अरूभन्दा बढी निर्माता दीपक मुकुट भएको मावराले बताइन् । आगामी फिल्मका लागि अभिनेत्रीले निर्मातालाई शुभकामना दिइन् । फिल्मको सिक्वेल अझ विस्फोटक हुने आशा उनले व्यक्त गरिन् । २०१६ को फिल्मलाई राधिका राव र विनयले निर्देशन गरेका थिए । फेब्रुअरी ७ मा पुनः रिलिज भएको यो फिल्मले बक्स अफिसमा ३० करोड रुपैयाँभन्दा बढी कमाएको छ ।
बलिउड हंगामासँगको एक अन्तरवार्तामा हालै फिल्मका निर्माता दीपक मुकुटले सिक्वेल र यसको सिक्वेलसँग सम्बन्धित हालसालैका रिपोर्टहरूको बारेमा कुरा गरेका थिए । ‘सनम तेरी कसमको आईपी मेरो हो, किनकि म यसको निर्माता हुँ, त्यसैले मसँग सिक्वेल, प्रिक्वेल वा रिमेक बनाउने अधिकार छ ।’ उनले भने ।
मुकुटले २०२४ को सेप्टेम्बरमा हर्षवर्धन राणेसँग मिलेर सिक्वेलको घोषणा गरेको थिएँ । तर यसबारे पूर्व निर्देशकहरू छलफल नगरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण