ज्ञानेन्द्र शाहीले गरेको टिप्पणीप्रति खेद प्रस्ताव पारित
_OzbYC6cHgm.jpg)
काठमाडौँ । प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाप्रति गरेको टिप्प्णीमा आपत्ति जनाउँदै राष्ट्रिय सभा बैठकले खेद प्रस्ताव पारित गरेको छ ।
सांसद शाहीले सामाजिक सञ्जालमा 'राष्ट्रियसभा वृद्धाश्रम हो' भनी दिएको अभिव्यक्तिप्रति आइतबार बैठकमा सदस्यहरूले आपत्ति जनाएका थिए। शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको हो ।
मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हु-बहु पारित गरेको भन्दै राष्ट्रिय सभा नै वृद्धाश्रम भएको शाहीले टिप्पणी गरेका थिए ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी कपोकल्पित, झुठ र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाहीप्रति अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गरेको बताए ।
सभाका सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले शाहीले आफ्नो धारणा व्यक्त गरेको देखिएको भन्दै अध्यक्ष दाहालले उक्त अभिव्यक्तिप्रति खेद प्रकट गरेका थिए ।
उनले आगामी दिनमा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निर्देशनसमेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलङ्की घटना : दुई समूहबिच झडप हुँदा मृत्यु हुने युवकको सनाखत
-
‘जनताले राम्रो मानेकाहरूलाई दुःख दिन सफल भएकोमा सरकारलाई बधाई’
-
आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन सरकारको आग्रह
-
१० बजे १० समाचार : ओली, देउवा र प्रचण्डबिच सहमति, सरकारले विद्युत् प्राधिकरणबाट हटायो कुलमानलाई
-
पिताबाटै बलात्कार, आमाले साथ नदिए पनि नेपाली चेलीले भारतमा पाइन् न्याय
-
आजको खेल गुमाएका केएल राहुललाई पुत्री लाभ