केबलकारको पक्षमा बोलेको भन्दै आफ्नै नेतालाई कालोमोसो

धरान । पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्नुपर्ने पक्षमा बोलेको भन्दै सुनसरीको धरानमा नो केबलकार समूहले एक व्यक्तिलाई कालोमोसो दलेका छन् । धरान–९ हङकङ होटलभित्र थाक्थुम चुम्लुङ केन्द्रीय कार्यसमितिको पत्रकार सम्मेलनका क्रममा मुकुम्लुङ संघर्ष समितिका नेताहरुले याक्थुम चुम्लुङ केन्द्रीय कार्य समितिको उपाध्यक्ष पदम लिम्बू मावोलाई कालोमोसो दलिएको सूचना पाएको सुनसरी प्रहरीले जनाएको छ ।
उक्त घटना आइतबार दिउँसो साढे १ बजे भएको हो । घटनालगत्तै त्यहाँ पुगेको प्रहरीले दुवै पक्षलाई सम्झाइ बुझाइ गरेर पठाएको जनाइएको छ । घटनामा संलग्नलाई भने प्रहरीले पक्राउ गरेको छैन । ताप्लेजुङ घर भएका मावोलाई केबलकार निर्माण कम्पनीका प्रमुख चन्द्र ढकालबाट कमिसन खान खोजेको भन्दै संघर्ष समितिले आक्रमण गरेका हुन् ।
पत्रकार सम्मेलनमा भने याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष दिलसिंह मेन्याङ्बोको पनि उपस्थिति थियो । कालोमोसो दल्नेहरुमा जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय नेता अमर इजम र नेता जेन्टल लावतीलगायत संलग्न भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
-
लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा