केबलकारको पक्षमा बोलेको भन्दै आफ्नै नेतालाई कालोमोसो
धरान । पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्नुपर्ने पक्षमा बोलेको भन्दै सुनसरीको धरानमा नो केबलकार समूहले एक व्यक्तिलाई कालोमोसो दलेका छन् । धरान–९ हङकङ होटलभित्र थाक्थुम चुम्लुङ केन्द्रीय कार्यसमितिको पत्रकार सम्मेलनका क्रममा मुकुम्लुङ संघर्ष समितिका नेताहरुले याक्थुम चुम्लुङ केन्द्रीय कार्य समितिको उपाध्यक्ष पदम लिम्बू मावोलाई कालोमोसो दलिएको सूचना पाएको सुनसरी प्रहरीले जनाएको छ ।
उक्त घटना आइतबार दिउँसो साढे १ बजे भएको हो । घटनालगत्तै त्यहाँ पुगेको प्रहरीले दुवै पक्षलाई सम्झाइ बुझाइ गरेर पठाएको जनाइएको छ । घटनामा संलग्नलाई भने प्रहरीले पक्राउ गरेको छैन । ताप्लेजुङ घर भएका मावोलाई केबलकार निर्माण कम्पनीका प्रमुख चन्द्र ढकालबाट कमिसन खान खोजेको भन्दै संघर्ष समितिले आक्रमण गरेका हुन् ।
पत्रकार सम्मेलनमा भने याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष दिलसिंह मेन्याङ्बोको पनि उपस्थिति थियो । कालोमोसो दल्नेहरुमा जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय नेता अमर इजम र नेता जेन्टल लावतीलगायत संलग्न भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण