सोमबारदेखि वीरेन्द्रनगरको सिटी हलमा हुँदैछ कर्णाली उत्सव

सुर्खेत । यसअघि वीरेन्द्रनगरको बुलबुले उद्यानमा हुँदै आएको कर्णाली उत्सव यो पटक सिटी हलमा हुने भएको छ । सोमबारदेखि सुरु हुने उत्सव सोमबार, मङ्गलवार र बुधवार गरी तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
यो उत्सवको छैटौँ संस्करण हो । कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको आयोजक संस्था ऋति फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
‘कुडा कर्नालीका’ नारा दिई सञ्चालन गर्ने गरिएको उक्त बहस कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यका साथ सञ्चालन गर्ने गरिएको छ । कर्णाली उत्सवका संयोजक कमल लम्सालले कुराकानीकै माध्यमबाट कर्णालीको पहिचान र सम्भावना केलाउन उत्सवका माध्यमबाट प्रयास थालिएको बताए ।
‘परम्परागत रूपमा हुने कचहरी वा बैठककै आधुनिक रूप हो, कर्णाली उत्सव,’ उनले भने, ‘उत्सवको माध्यमबाट हामीले कर्णालीमा सार्वजनिक बहसको शृङ्खला थालनी गरेका हौँ ।’
बहसमा मूलतः कर्णालीलाई केलाउने गरिन्छ । साथै समृद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाव दिइने बहसका रूपमा पनि लिइएको उनको भनाइ छ ।
‘कर्णाली उत्सवको मुख्य उपलब्धि भनेकै कर्णालीलाई चिन्ने र चिनाउने सार्थक प्रयास हो,’ लम्सालले भने, ‘विभिन्न संस्करणमा भाग लिएका वक्ता, सञ्चालक तथा सहभागीहरूले उत्सवको महत्वलाई बुझ्दै जानु हो । यसले हाम्रो समाजमा खुला र लोकतान्त्रिक बहसलाई संस्कारको रूपमा विकास गर्न सघाउँछ ।’
आयोजक संस्थाका अनुसार यो पटक १३ वटा सत्र, तीन वटा कर्णाली कन्सर्ट, तीन वटा विद्धत् प्रवचन रहने छन् । त्यसका लागि देशभरबाट राजनीतिज्ञ, पत्रकार, साहित्यकारहरु वीरेन्द्रनगरमा आउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङको मूल्य घट्यो
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
-
लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म