सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी
काठमाडौँ । तिन वटा क्याम्पसका स्ववियु सभापतिहरूले त्रिभुवन विश्वविद्यालयकाे सभा (सिनेट) नराखे पदाधिकारीहरूलाई प्रवेशमा निषेध गर्ने चेतावनी दिएका छन् ।
त्रिवि स्ववियु सभापति श्यामराज ओझा, पुल्चाेक ईन्जिनियरिङ क्याम्पस स्ववियु सभापति विराज अर्याल र नेपाल ल क्याम्पस स्ववियु सभापति विष्णु ढुंगेलले विज्ञप्ति जारी गर्दै तत्काल त्रिवि सभा राख्न माग गरेका हुन् । आफ्नो कार्यकाल सकिने अन्तिम समय आइसकेको बेला विद्यार्थी हक हितका मुद्दामा विश्वविद्यालय गम्भीर नदेखिएको उनीहरूको भनाइ छ ।
त्रिवि सभा बैठक तत्काल नराखे त्रिवि पदाधिकारीलाई विश्वविद्यालय प्रवेश निषेध गरिने समेत चेतावनी दिएका हुन।
तत्काल सिनेट राख्न माग गरिरहेका बेला माघ २८ गते त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ जारी गरेको थियो । निर्देशिकाको बुँदा १३(४) मा 'स्ववियु सम्पन्न भएको या नभएको दुवै अवस्थामा २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत ४ गतेदेखि स्वतः समाप्त भएको मानिनेछ' भन्ने व्यवस्था राखिएको छु । जुन त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम ३४८(घ) को विपरीत रहेको उनीहरूको भनाइ छ।
उक्त नियममा स्ववियु कार्यसमितिको पदावधि निर्वाचन भएको मितिले साधरणतया दुई वर्षको हुनेछ । तर, कुनै कारणवश निर्धारित मितिमा निर्वाचन हुन नसकेमा बढीमा ६/६ महिनाका लागि कार्यसमितिको पदावधि त्रिवि कार्यकारी परिषद्ले थप गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ। यस्तो व्यवस्था हुँदाहुँदै विश्वविद्यालयले विद्यार्थीको आधिकारिक साझा संस्थाको अस्तित्व नामेट पार्ने जस्तो घातक निर्णय लिएको उनीहरूको भनाई छ।
निर्देशिकाको १३(४) मा भएको या नभएको भन्ने शब्द राखी स्ववियु निर्वाचनलाई विवादित बनाउने काम गरेको समेत उनीहरूको आरोप छ।
विश्वविद्यालयलाई विद्यार्थी प्रतिनिधि विहीन बनाएर चलाउने प्रपञ्च रच्ने काम भएको आफूहरूको बुझाई रहेको जनाए ।
माघ २४ गते विश्वविद्यालय सभाको बैठक माग गर्दै उपकुलपति मार्फत कुलपतिलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए।
विश्वविद्यालय सभाको काम कर्तव्य र अधिकार कार्यकारी परिषद्ले प्रयोग गर्न खोज्नुले कार्यकारी परिषद्को दूषित मनसाय प्रष्ट झल्किने उनीहरूको भनाइ छ।
अधिकार क्षेत्रभन्दा बाहिर गई त्रिवि कार्यकारी परिषद्ले गरेको निर्णय सच्याउन र आजसम्म आफूहरूले राखेका विद्यार्थीसँग सम्बन्धित सबै मागहरू सम्बोधन गर्न त्रिवि सभा बैठक यथाशीघ्र राख्न माग गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण