एनआरएनए राष्ट्रिय समन्वय समितिको निर्वाचन अप्रिल १५ भित्र सम्पन्न गर्ने निर्णय
काठमाडौँ । शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिको नवौं बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्दै आवश्यक निर्णय लिएको हो ।
समितिका सदस्य विनोद कुँवरका अनुसार बैठकले सदस्यता दर्ता गर्नको लागि मिति थप गर्ने निर्णय गरेको छ। अब सदस्यता दर्ता ३१ मार्च २०२५ सम्म गर्न सकिने उनको भनाइ छ । यसका साथै बैठकले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको नियुक्ति गर्ने निर्णय गरेको छ भने सदस्यता दर्ता गर्दा आईसीसीद्वारा लिइने शुल्क महाधिवेशनमा नलिने निर्णय गरेको कुँवरले बताए । राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूले आफ्ना देशका नियमानुसार शुल्क तोक्न सक्ने निर्णय गरिएको छ।
यस्तै बैठकले राष्ट्रिय समन्वय समितिको निर्वाचन १५ अप्रिल २०२५ भित्र सम्पन्न गर्ने निर्णय गरेको छ। यदि कुनै एनसीसीको समितिले उक्त मितिभित्र निर्वाचन सम्पन्न गर्न नसक्ने भए एनसीसीले उपसमिति मार्फत उच्चस्तरीय समितिसँग सहमति गरेर महाधिवेशनका लागि नयाँ मिति निर्धारण गर्न सक्ने निर्णय गरिएको कुँवरको भनाइ छ ।
यस्तै महाधिवेशनको तयारीको सिलसिलामा बैठकले प्रमुख अतिथि र अन्य अतिथिहरूलाई निमन्त्रणा गर्न सुरु गर्ने निर्णय गरेको छ भने मुल आयोजक समितिको बैठक तुरुन्तै आयोजना गर्ने निर्णय पनि गरिएको छ।
समितिले आगामी मे ३ देखि ५ सम्म काठमाडौँमा एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, एनआरएनएकै बद्री केसी समूहले भने आफू आधिकारिक भएको दाबी गर्दै समितिलाई अस्वीकार गर्दै आएको छ । बद्री समूहले अक्टोबरमा महाधिवेशनको मिति तोकेको छ । सर्वोच्च अदालतको गत चैत २१ को फैसलाले घले नेतृत्वको समितिलाई एकताको महाधिवेशन गराउन आदेश दिएपछि त्यसपछि अदालत गएका केसीलाई काम कारबाही गर्न सर्वोच्चले बाटो खुला गरिदिएको थियो । सर्वोच्चको दोस्रो फैसलापछि आफूले आधिकारिकता पाएको जिकिर गर्दै केसीले घलेको समितिलाई अस्वीकार गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण