सांसद शाहीको प्रश्न– वृद्धा आश्रमलाई के बाल आश्रम भन्नु त ?
काठमाडौँ । प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभा सांसदहरूलाई वृद्धा आश्रमलाई के बाल आश्रम भन्नु त भनेर जवाफ फर्काएका छन् । सांसद शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्तिप्रति आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरूले आपत्ति जनाएका थिए ।
शाहीले राष्ट्रिय सभाप्रति गरेको टिप्पणीमा आपत्ति जनाउँदै राष्ट्रिय सभा बैठकले खेद प्रस्ताव समेत पारित गरेको छ । आइतबार साँझ शाहीले पुनः सामाजिक सञ्जालमा आफ्नो विरुद्धमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउन सुझाव दिएका छन् ।
उनले लेखेका छन्,‘चुनाव हारेका हरुवा चरुवालाई भर्ती गर्ने केन्द्र राष्ट्रिय सभा बनाएपछि हामीले हरुवा चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू ?’
सांसद शाहीले वृद्धा आश्रममा जाने बाजे–बजैलाई घरमा गएर आफ्ना नाति–नातिनालाई खेलाएर बस्न समेत सुझाव दिएका छन् । उनले राष्ट्रिय सभालाई युवाहरूको र राष्ट्रको भविष्य बरबाद गर्ने थलो नबनाउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण