सांसद शाहीको प्रश्न– वृद्धा आश्रमलाई के बाल आश्रम भन्नु त ?
_7hAb8sSv5F.jpg)
काठमाडौँ । प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभा सांसदहरूलाई वृद्धा आश्रमलाई के बाल आश्रम भन्नु त भनेर जवाफ फर्काएका छन् । सांसद शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्तिप्रति आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरूले आपत्ति जनाएका थिए ।
शाहीले राष्ट्रिय सभाप्रति गरेको टिप्पणीमा आपत्ति जनाउँदै राष्ट्रिय सभा बैठकले खेद प्रस्ताव समेत पारित गरेको छ । आइतबार साँझ शाहीले पुनः सामाजिक सञ्जालमा आफ्नो विरुद्धमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउन सुझाव दिएका छन् ।
उनले लेखेका छन्,‘चुनाव हारेका हरुवा चरुवालाई भर्ती गर्ने केन्द्र राष्ट्रिय सभा बनाएपछि हामीले हरुवा चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू ?’
सांसद शाहीले वृद्धा आश्रममा जाने बाजे–बजैलाई घरमा गएर आफ्ना नाति–नातिनालाई खेलाएर बस्न समेत सुझाव दिएका छन् । उनले राष्ट्रिय सभालाई युवाहरूको र राष्ट्रको भविष्य बरबाद गर्ने थलो नबनाउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गको के छ अवस्था ? कसरी भइरहेको छ काम ?
-
असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्काे फ्लाईओभरको उद्घाटन गर्ने
-
अछाममा चट्याङ लाग्दा महिला घाइते, बाख्रा मरे
-
जेब्रा क्रसिङमा समेत जोखिममा छ ज्यान, तस्बिरहरू
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ?
-
अनधिकृत संरचना हटाउन दोस्रो पटक सूचना जारी