ला लिगामा सेभिया, मलोर्का र रियाल बेटिस विजयी
सोमबार, ०५ फागुन २०८१, ०४ : ४९

काठमाडौं । स्पेनिस ला लिगामा सेभिया, मलोर्का र रियाल बेटिस विजयी भएका छन् । आइतबार राती भएका खेलमा सेभियाले रियाल भालाडोलिडलाई ४-० को फराकिलो अन्तरले हराउँदा रियाल बेटिसले रियाल सोसिडाडलाई ३-० ले हरायो ।
यस्तै, मलोर्काले लस पल्मसलाई ३-१ ले पाखा लगाउँदा स्पानियोलले एथ्लेटिक क्लबलाई १-१ को बराबरीमा रोक्दै अंक खोस्यो । २४ औं चरणको खेल पुरा हुनै लाग्दा मलोर्का बाहेक अन्य विजयी टोली सबै पुछारतिर छन् । बार्सिलोना र रायो भायकानोबीचको खेलसँगै ला लिगाको २४ औं चरणका खेल पूरा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ७३औँ कानुन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
महिला टी–२० विश्वकपको छनोट खेलमा नेपाल आज हङ्कङसँग भिड्दै
-
सर्वोच्चको फैसला चित्त नबुझे के गर्ने ? कति छन् यस्ता मुद्दा ?
-
भारत-पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले के भन्यो ?
-
पाकिस्तान सुपर लिग अब युएईमा
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य