जब केएल राहुललाई दुबई विमानस्थलमै छाडेर कप्तान रोहित शर्मासहितका खेलाडी होटल पुगे ...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सहभागी हुन भारतीय टोली संयुक्त अरब इमिरेट्स (यूएई) पुगिसकेको छ । च्याम्पियन्स ट्रफी बुधबारदेखि सुरु हुँदैछ ।
प्रतियोगिताको मुख्य आयोजक पाकिस्तान हो । तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुरक्षाको कारण देखिउँदै आफ्नो टोली पाकिस्तान नपठाउने अडान लिएपछि प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गर्न लागिएको हो ।
अब भारतीय टोलीले च्याम्पियन्स ट्रफीमा आफ्नो सम्पूर्ण खेल यूएईमा खेल्नेछ । त्यसैले भारतीय टोली च्याम्पियन्स ट्रफीमा सहभागी हुन यूएई पुगेको हो । तर, भारतीय टोली दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदा एउटा रमाइलो घटना भएको छ ।
भारतीय टोली सवार विमान अवतरण हुनुअघि नै ठुलो सँख्यामा समर्थक विमानस्थलमा भेला भइसकेका थिए । भारतीय टोली विमानस्थलबाट बाहिर निस्कने क्रममा उनीहरुलाई चारैतिरबाट समर्थकले घेरेका थिए । समर्थकहरु खेलाडीको अटोग्राफ लिन घम्साघम्सी गरिरहेका थिए ।
लामो समयको प्रयासपछि सुरक्षाकर्मीको सहयोगमा कप्तान रोहित शर्मालगायतका खेलाडी टोलीका लागि तयार अवस्थामा राखिएको बससम्म पुग्न सफल भए । तर, केएल राहुल भने समर्थकको घेराबाट उम्कन सकेनन् ।
सुरक्षाकर्मी पनि निरीह बनेका थिए । समाचारमा जनाइए अनुसार, कप्तान रोहित शर्मालगायतका खेलाडीले विमानस्थलवाहिर बसमा करिब २० मिनेट केएल राहुलको प्रतिक्षा गरेका थिए । तर, उनी समर्थकको घेराबाट उम्किएर बससम्म पुग्न नसकेपछि अन्य खेलाडीहरु होटलतर्फ प्रस्थान गरे ।
लामो समयपछि मात्र केएल राहुल छुट्टै कारमा होटल पुगेका थिए । उनलाई विमानस्थलबाट छुट्टै कारमा कडा सुरक्षाबिच होटल पु¥याइएको समाचारमा जनाइएको छ । च्याम्पियन्स ट्रफीमा भारत समूह ‘ए’ मा रहेको छ ।
उक्त समूहमा आयोजक पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेश पनि रहेका छन् । भारतले आफ्नो पहिलो खेल फेब्रुअरी २० तारिखमा बंगलादेशसँग खेल्नेछ । त्यसअघि, प्रतियोगिताको उद्घाटन खेल पाकिस्तान र न्युजिल्यान्डबिच कराँचीमा खेलिने छ । प्रतियोगिताको समूह ‘बी’ मा भने अफगानिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण