कुम्भमेलामा स्नान गर्न गएका तिर्थालुको गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
बुटवल । रुपन्देहीको देवदहबाट भारतको कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेका छन् ।
कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् । देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले ३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको रातोपाटीलाई बताए ।
उनले भने, ‘पूर्व वडाध्यक्ष पनि अर्को गाडीमा जानुभएको रहेछ । उहाँका अनुसार दुर्घटनामा मृत्यु भएकाहरुका बारेमा थाहा पाएको हौँ । अन्य कुरा बुझ्ने काम हुँदैछ ।’
दुर्घटनामा घाइते हुनेहरूमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले ३ जनाको मृत्यु भएको भारतीय प्रहरीले पुष्टि गरेको जानकारी दिए । घटनाको विस्तृत विवरण बुझ्ने काम भइरहेको उनले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण