प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी प्रदेशसभामा सम्बोधन
सोमबार, ०५ फागुन २०८१, १३ : ५१
बुटवल । प्रधानमन्त्री केपी ओलीले लुम्बिनी प्रदेशसभामा सम्बोधन सुरु गरेका छन् । उनले केहीबेर अघि सम्बोधन सुरु गरेका हुन् ।
सम्बोधनमा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई अघि बढाउनुपर्ने बताए । उनले सहकार्य गरेर नेपाललाई नेपाली आफैँले बनाउनुपर्नेमा जोड दिए ।
कुनै पनि देश अर्काले आएर नबनाइदिने बताउँदै प्रधानमन्त्री ओलीले नेपालाई पनि हामी आफैँले बनाउनुपर्ने बताए ।
‘ यसअगाडि छिमेकी चीन पनि गरिब मुलुक थियो, अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ । प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ ।’
उनले उद्योगहरू स्थापनाका लागि लगानी विस्तार गर्नुपर्ने समेत बताए । त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नु तयार रहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण