अमेरिका र रुसबिच कहिले सुरु होला वार्ता ?
वासिङ्टन डीसी । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबिच शान्तिवार्ता सुरु हुन लागेको छ । सञ्चारमाध्यमहरूमा छापिएका खबरकाअनुसार दुई देशबिचको यो वार्ता मङ्गलवारदेखि सुरु हुने दाबी गरिएको छ । अमेरिका र रुसका नेताहरूबिच साउदी अरेबियाको राजधानी रियादमा बैठक हुने भनिएको छ ।
अमेरिकी विदेश मन्त्री मार्काे रुबियो, मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकोफ र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज यतिबेला साउदी अरेबियाको भ्रमणमा छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको आफ्नो भेट छिट्टै हुनसक्ने आशा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि व्यक्त गरेका छन् । तर, यस वार्तामा युक्रेनलाई भने बोलाइएको छैन । यसका कारण युरोपेली नेताहरू संशयमा छन् ।
हालै ट्रम्पले युद्ध अन्त्य गर्ने विषयमा पुटिनसँग फोनवार्ता गरेका थिए । छलफल अगाडि बढाउन दुवैजना चाँडै भेट्ने पनि उनले बताएका थिए । यसपछि युक्रेन युद्ध रोक्ने विषयमा छलफल तीव्र भएको छ । तर, आफूलाई संलग्न नगराइकन हुने युद्धविरामको कुनै पनि सम्झौता आफूले स्वीकार नगर्ने रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण