विद्यार्थी मृत्यु प्रकरण
भारतमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु, घटनाको अनुसन्धानका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह
सोमबार, ०५ फागुन २०८१, १५ : १२
काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । रुपन्देहीको बुटवल निवासी विद्यार्थी प्रकृति लम्सालको रहस्यमय निधन भएको हो ।
उक्त घटनाप्रति राप्रपा लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो रहस्यमय निधनबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न र सत्य तथ्य पत्ता लगाउन नेपाल सरकारले तत्काल भारत सरकारसँग कूटनैतिक पहल गर्न राप्रपा लुम्बिनी प्रदेश नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’
उनले विद्यार्थीहरूद्वारा गरिएको प्रदर्शन दबाउन त्यहाँ अध्ययनरत नेपाली बिद्यार्थीहरु माथि गरिएको दमनप्रति चासो लिन समेत नेपाल सरकारसँग आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण