विद्यार्थी मृत्यु प्रकरण
भारतमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु, घटनाको अनुसन्धानका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह
सोमबार, ०५ फागुन २०८१, १५ : १२

काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । रुपन्देहीको बुटवल निवासी विद्यार्थी प्रकृति लम्सालको रहस्यमय निधन भएको हो ।
उक्त घटनाप्रति राप्रपा लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो रहस्यमय निधनबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न र सत्य तथ्य पत्ता लगाउन नेपाल सरकारले तत्काल भारत सरकारसँग कूटनैतिक पहल गर्न राप्रपा लुम्बिनी प्रदेश नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’
उनले विद्यार्थीहरूद्वारा गरिएको प्रदर्शन दबाउन त्यहाँ अध्ययनरत नेपाली बिद्यार्थीहरु माथि गरिएको दमनप्रति चासो लिन समेत नेपाल सरकारसँग आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको पाँचौं खेलमा पञ्जाब विजयी, गुजरातले चुनौति पार गर्न सकेन
-
लुम्बिनीमा दाताले दिएका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश
-
‘हरेक खेलाडीको कथा हो, ‘अञ्जिला’
-
रुस-युक्रेन युद्धविराम गर्न सहमत भएको ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित
-
स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
-
'कोरिया सन्देश' विमोचन