‘कमेडी दरबार’मा अब गजुरेल महाराजा
सोमबार, ०५ फागुन २०८१, १६ : २६
काठमाडौँ । कलाकार मनोज गजुरेललाई अब महाराजाको भूमिकामा देख्न पाइने भएको छ । कमेडी टीभी शो ‘कमेडी दरबार’मा विजय बरालको ठाउँमा उनी महाराजाको रूपमा देखिने भएका हुन् ।
शोका निर्माताले सोमबार पत्रकार सम्मेलन गर्दै मनोजको विषयमा जानकारी दिएको हो । २७ औँ एपिसोडबाट गजुरेललाई महाराजाको भूमिकामा देख्न पाइने जानकारी कार्यक्रममा दिइयो । महारानीको रूपमा गौरी मल्ल भने यथावत् रहनेछिन् ।

कार्यक्रमको होस्ट समेत परिवर्तन हुने भएको छ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठले सञ्चालन गर्दै आएको कार्यक्रम अब सजिना खनालले होस्ट गर्नेछिन् । सौन्दर्य प्रतियोगिता मिस सुप्रान्यासनल २०२४ की विजेता समेत रहेकी सजिनाले शोका निर्देशक समेत रहेका विक्की अग्रवालसँग मिलेर शो होस्ट गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण