‘कमेडी दरबार’मा अब गजुरेल महाराजा
सोमबार, ०५ फागुन २०८१, १६ : २६

काठमाडौँ । कलाकार मनोज गजुरेललाई अब महाराजाको भूमिकामा देख्न पाइने भएको छ । कमेडी टीभी शो ‘कमेडी दरबार’मा विजय बरालको ठाउँमा उनी महाराजाको रूपमा देखिने भएका हुन् ।
शोका निर्माताले सोमबार पत्रकार सम्मेलन गर्दै मनोजको विषयमा जानकारी दिएको हो । २७ औँ एपिसोडबाट गजुरेललाई महाराजाको भूमिकामा देख्न पाइने जानकारी कार्यक्रममा दिइयो । महारानीको रूपमा गौरी मल्ल भने यथावत् रहनेछिन् ।
कार्यक्रमको होस्ट समेत परिवर्तन हुने भएको छ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठले सञ्चालन गर्दै आएको कार्यक्रम अब सजिना खनालले होस्ट गर्नेछिन् । सौन्दर्य प्रतियोगिता मिस सुप्रान्यासनल २०२४ की विजेता समेत रहेकी सजिनाले शोका निर्देशक समेत रहेका विक्की अग्रवालसँग मिलेर शो होस्ट गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश