केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई छात्रावासमा राखेर कक्षा सञ्चालन गरिने
काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रावासमा राखेर कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने भएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी गराएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त छलफलमा यस राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो । त्यसैगरी, उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो । यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूको लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ ।’
केआईआईटी विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी थिइन् । मृतक छात्रा रुपन्देहीको प्रकृति लम्साल रहेको बताइएको छ । लम्सालले आत्महत्या गरेपछि उक्त कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजदूतावासले लम्सालको मृत्युको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन जोड दिएकोमा उक्त विश्वविद्यालयले गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण