राष्ट्रपति रनिङ शिल्डलाई बजेट नदिएर संघीयताको अपमान गरियो : मन्त्री महर्जन

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई बजेट विनियोजन नगरेर गणतन्त्र र संघीयताको अपमान गरेको बताएका छन् । सोमबार सिन्धुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलाडी उत्पादन र खेलकुद क्षेत्र विकासमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्त्वपूर्ण रहेको बताए ।
प्रत्येक वर्ष सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई महत्वका साथ अघि बढाउनु पर्ने उनले बताए । प्रदेश सरकारले पनि उक्त प्रतियोगिता सञ्चालन गर्न १३ जिल्लाको लागि १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको उनको भनाई छ । प्रदेश सरकारको बजेटमा खेलाडी र खेलप्रेमीहरुको अपमान हुनेगरी बजेट विनियोजन भएको उनले बताए ।
जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा सोमबारदेखि सुरु भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराते तेक्वान्दो उसु, बक्सिङ फुटबल भलिबल कबड्डी लगायत १३ खेलले सहभागिता रहेको छ । प्रतियोगितामा ३ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीमाटी–टेकु पुल भत्काउने कि सञ्चालन गर्ने ? संसद् र सरकारबिच विवाद
-
कालीगण्डकी करिडोर : राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
-
अमेरिकामा २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग
-
प्रिसा साह मृत्यु प्रकरण : ओडिसा सरकारले भन्यो- घटनाको छानबिन सुरु भइसक्यो
-
प्रिसा साह मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो छानबिनका लागि कूटनीतिक पहल
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज