केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई परामर्श दिन दुई अधिकारी पठाएका छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई परामर्श दिन दुई अधिकारीहरूलाई पठाइएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले नयाँ दिल्लीस्थित नेपाली दूतावासले ओडिशामा प्रभावित नेपाली विद्यार्थीहरूलाई परामर्श दिन दुई अधिकारीहरूलाई पठाएको जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले विद्यार्थीहरूको प्राथमिकताका आधारमा उनीहरूलाई होस्टेलमा बस्ने वा घर फर्कने विकल्पको व्यवस्था गरिएको जनाए ।
केआईआईटी विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा रुपन्देहीको प्रकृति लम्साल रहेको बताइएको छ । लम्सालले आत्महत्या गरेपछि उक्त कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
-
राज्य जिम्मेवारीबाट पन्छिँदा कालोसूचीमा पर्नेहरू बढे
-
कांग्रेस सभापति देउवा किन जाँदै छन् थाइल्यान्ड ?
-
‘आचरणसम्बन्धी व्यवस्था उल्लंघन नगरे कालोसूचीमा परिँदैन’
-
चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा
-
संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने