४८ जना डीएसपीहरुको सरुवा र दरबन्दी मिलान
काठमाडौँ । नेपाल प्रहरीका ४८ जना डीएसपीहरुको सरुवा तथा दरबन्दी मिलान गरिएको छ । प्रहरी वृत्त सिंहदरबारबाट केही समयअघि काज सरुवा भएका चक्रबहादुर शाहलाई जिल्ला प्रहरी कार्यालय दाङमा दरबन्दी मिलान गरिएको छ ।
नेपाल प्रहरी अनाश्रित गुल्म सुन्धारामा कार्यरत जीवन निरौलालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा सरुवा गरिएको छ । डीएसपी जेसी शाहलाई पूर्वी नवलपरासीबाट अनश्रित गुल्म सुन्धारा मा ल्याइएको छ ।
यसअघि इप्रका बुटवलका इन्चार्ज विजयराज पण्डितलाई जिल्ला प्रहरी कार्यालय बारा, पश्चिम रुकुममा प्रमेश विष्ट, इलाका प्रहरी कार्यालय कावासोतीमा राजेशराज पुरी र लीलाराज लामिछानेलाई तेह्रथुममा सरुवा गरिएको छ । हुम्लामा शङ्कर पोखरेललाई सरुवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सुरज कार्कीलाई सरुवा गरिएको छ । यसअघि काज सरुवा भएका सहित ४८ जना डीएसपीहरुको दरबन्दी मिलान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण