स्ववियु निर्वाचनको मुखमा शिक्षाध्यक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा तालाबन्दी
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष र विद्यार्थी कल्याणकारी परिषद् प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । पद्मकन्या क्याम्पस स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पस स्ववियु अध्यक्ष प्रेम जैसीले ताला लगाएका हुन् ।
त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको छ । निर्वाचनका लागि आवश्यक तयारी थालिएका बेला दुई क्याम्पसका स्ववियु अध्यक्षहरूले तालाबन्दी गरेका हुन् ।
आफूहरूसँग कुनै प्रकारको छलफल नै नगरी स्ववियु निर्वाचन कार्यविधि पारित गरिएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् । त्रिवि कार्यकारी परिषद् बैठकले कार्यविधि जारी गर्दै २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत्र ४ गते देखि स्वतः समाप्त हुने उल्लेख गरेको थियो । उनीहरूले उक्त विषय संशोधन गर्न माग गरेका छन् ।
त्यस्तै विद्यार्थी कल्याण परिषद्ले आयोजना गरेको उपकुलपति कपको आर्थिक प्रतिवेदन सार्वजनिक समेत नगरेको बताएका छन् । पटक पटक बैठक माग गर्दा पनि उपकुलपति कपमा भएको आर्थिक अनियमिततालाई ढाकछोप गर्न बैठक नै नराखेको उनीहरूको भनाइ छ । उनीहरूले स्ववियु निर्वाचनको समेत सुनिश्चितता खोजेका छन् ।
स्ववियुको अस्तित्व जोगाउन आफ्ना माग पुरा नभएसम्म आन्दोलन स्वरूप शिक्षाध्यक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको उनीहरूको भनाइ छ ।
यसअघि त्रिवि स्ववियु अध्यक्ष श्यामराज ओझा, पुल्चोक इन्जिनियरिङ कलेज स्ववियु अध्यक्ष विराज अर्याल र नेपाल ल क्याम्पस स्ववियु अध्यक्ष विष्णु ढुंगेलले समेत विज्ञप्ति जारी गरेर चैत ४ गते स्वतः पद सकिने व्यवस्थाको विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण