विपक्षी सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएकोमा शक्ति बस्नेतको आपत्ति
मङ्गलबार, ०६ फागुन २०८१, १५ : २१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नमा प्रधानमन्त्री केपी ओलीले ओठे जवाफ दिएकोमा आपत्ति जनाएका छन् ।
मंगलबार संसदमा बोल्दै बस्नेतले यसअघिको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्नोत्तर कार्यक्रममा पूर्व अर्थमन्त्री वर्षमान पुन लगायत विपक्षी तीन सांसदले उठाएको प्रश्नको जवाफ नदिएकोमा उनले आपत्ति जनाएका हुन् ।
‘प्रधानमन्त्रीले प्रतिप्रश्न दिनुभयो । खिसिटियुरी , होच्याउने काम गर्नुभयो । प्रभु साहको प्रश्न नै दिनुभएन । उहाँको पुरानै मानसिकताको उपज हो ?’, बस्नेतले भने, ‘संसद् बोलाउने बेला किन अध्यादेश ल्याएको भन्ने प्रश्नमा उल्टै ओठे जवाफ दिन्छन् । खोइ जबाफदेहिता ? संसद्लाई बन्धक बनाउने, अध्यादेशबाट शासन चलाउने अभ्यास किमार्थ मान्य छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला