विपक्षी सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएकोमा शक्ति बस्नेतको आपत्ति
मङ्गलबार, ०६ फागुन २०८१, १५ : २१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नमा प्रधानमन्त्री केपी ओलीले ओठे जवाफ दिएकोमा आपत्ति जनाएका छन् ।
मंगलबार संसदमा बोल्दै बस्नेतले यसअघिको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्नोत्तर कार्यक्रममा पूर्व अर्थमन्त्री वर्षमान पुन लगायत विपक्षी तीन सांसदले उठाएको प्रश्नको जवाफ नदिएकोमा उनले आपत्ति जनाएका हुन् ।
‘प्रधानमन्त्रीले प्रतिप्रश्न दिनुभयो । खिसिटियुरी , होच्याउने काम गर्नुभयो । प्रभु साहको प्रश्न नै दिनुभएन । उहाँको पुरानै मानसिकताको उपज हो ?’, बस्नेतले भने, ‘संसद् बोलाउने बेला किन अध्यादेश ल्याएको भन्ने प्रश्नमा उल्टै ओठे जवाफ दिन्छन् । खोइ जबाफदेहिता ? संसद्लाई बन्धक बनाउने, अध्यादेशबाट शासन चलाउने अभ्यास किमार्थ मान्य छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण